अख्तियारमा बयान दिँदादिँदै भारततिर फरार! « Khabarhub

अख्तियारमा बयान दिँदादिँदै भारततिर फरार!


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा भैरहवा हुँदै भारत गएको कान्तिपुर दैनिकमा खबर छ । उनले दुई पटक बयान दिइसकेका थिए भने अर्को पटक डाक्ने अख्तियारको तयारी थियो । सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ भएको तथा स्थलमार्गबाट भारत गएको पाइएको अख्तियार स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी घरमा नभएपछि उनका सहयोगी जुजुभाइ महर्जन र रोहति घिमिरेलाई प्रहरीले अख्तियारमा झिकाएर सोधपुछ गरेको थियो ।

त्यस्तै लाखौं ठग्दै मेडिकल कलेज शीर्षकको समाचारमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेलिकल कलेजले फरकफरक शीर्षक र दरमा लाखौं रकम अवैध रुपमा असुल्ने गरेको पाइएको छ । छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न सिफारिस गरेको छ ।

किस्ट कलेजले विवरण लुकाएको छ भने, युनिभर्सल कलेजले सरकारले तोकेभन्दा २ लाख ८४ हजार बढी, चितवन कलेजले २२ देखि ३५ लाख, नेसनल कलेजले १२ लाख र गण्डकी कलेजले १० लाख रुपैयाँ बढी रकम असुल्दै आएको भेटिएको छ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालालर्ए सामाजिक सञ्जाल उपभोगको थाले मात्र हुन नदिने बताएका छन् । उनले दर्ता नभए सामाजिक सञ्जाल नै बन्द बनेका छन् ।

त्यस्तै नेपाली धावले एसियालीस्तरको प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । युवा खेलाडी अजितकुमार यादवले तेस्रो एसियन जुनियर एथ्लेटिक्स च्याम्पियनसीमा स्वर्णपदक जितेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ०७ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग