राम्रो स्कृिप्टको खोजीमा छौं: निर्देशक केसी « Khabarhub

राम्रो स्कृिप्टको खोजीमा छौं: निर्देशक केसी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नरेश कुमार केसीले फिल्म ‘निभ्न लागेको दियो’ निर्देशन गरेर चर्चा बटुले । हिमाली भेगको एक कथालाई उनिएको यो फिल्मले कैयन् फेस्टिभलमा सहभागिता जनायो । समीक्षकले रुचाएका यी निर्देशकले बनाएको दोस्रो फिल्म ‘रोमियो एण्ड मुना’ भने आशा गरिए अनुरुप चलेन ।

यो फिल्मको असफलतापछि निर्देशक केसीले नयाँ फिल्म बनाउन आँट गरिरहेका छैनन् । बरु उनी राम्रो स्किृप्टको खोजीमा छन् । हालै एक भेटका क्रममा निर्देशक केसीले सुनाए, ‘हामी नयाँ स्किृप्टको खोजीमा छौं, तर भनेजस्तो कथा नै पाइरहेका छैनौं ।’

उनले आफूले झण्डै २ दर्जन फिल्मको स्किृप्ट पढेको र चित्तबुझ्दो कथा नपाएको बताए ।

खबरहबसँगको भेटमा उनले भने, ‘राम्रो स्किृप्ट पायो भने फिल्म बनाउने हो, निर्माता हुनुहुन्छ तर राम्रो कथा पाइएन, नेपालमा राम्रो स्किृप्ट लेख्ने लेखकको कमी छ ।’

केसीले फिल्म ‘रोमिमो एण्ड मुना’ मा पनि नयाँ प्रयोग गर्न खोजेका थिए । चेतन, अचेतन र अवचेतन मनलाई बुझाउने गरी निर्माण गरेको फिल्मलाई आम दर्शकले रुचाएनन् । फिल्मले समीक्षा पनि औसत पायो । पछिल्लो समय भने निर्देशक केसीले फरक र स्तरीय फिल्म बनाउने सोचमा छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : १६ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र