निर्भया सामूहिक बलात्कार प्रकरणका दोषी चारैजनालाई मृत्युदण्ड दिइने « Khabarhub

निर्भया सामूहिक बलात्कार प्रकरणका दोषी चारैजनालाई मृत्युदण्ड दिइने


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा ठूलै हलचल ल्याइदिएको ‘निर्भया’ सामूहिक बलात्कार प्रकरणका चारै दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड दिइने भएको छ ।

सोमबार भारतको पटियाला हाउस अदालतले उनीहरुलाई मृत्युदण्ड दिइने मिति तय गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार चारै दोषीलाई मार्च ३ का दिन बिहान ६ बजे मृत्युदण्ड दिइने छ । यसअघि दुईपटक उनीहरुलाई मृत्युदण्ड दिइने मिति पछि सारिएको थियो ।

पीडितकी आमाले उनीहरुलाई मृत्युदण्ड दिइने नयाँ मितिको स्वागत गरेपनि यसअघि पनि दुईपटक उनीहरुलाई दिइने मृत्युदण्डको मिति पछि सारिएका कारण आफू असन्तुष्ट रहेको जनाएकी छिन् ।

पीडितका बाबुले भने अदालतको पछिल्लो निर्देशनले ढिलोचाँडो दोषीउपर कारवाही भएरै छाड्ने देखिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : ०३ बजे

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने