के हो ‘ब्रेन हेम्रेज’, कसरी बच्ने ? « Khabarhub

के हो ‘ब्रेन हेम्रेज’, कसरी बच्ने ?


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ब्रेन हेम्रेज आर्थत मस्तिष्कघात आजभोलि निकै ठूलो समस्याको रुपमा देखा परेको छ । मस्तिष्कघातको उपचार निकै जोखिमपूर्ण र खर्चिलो छ ।

यो समस्या ५० बर्ष भन्दा कम उमेरका व्यक्तिमा अधिक देखिएको छ । तर ब्रेन हेम्रेजको जोखिममा सबै व्यक्तिहरु रहेको जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे (समिर) बताउँछन् ।

डा समिरका अनुसार ब्रेन हेम्रेजबाट बच्न रक्तचाप, कोलेस्टेरोल र मधुमेह नियन्त्रणमा राख्न नियमित जाँच गर्नुपर्छ ।

ब्रेन हेम्रेजबाट बच्न यस्तो गर्नुस्

– नियमित रक्तचाप परिक्षण गर्ने तथा औषधि सेवन गरेर नियन्त्रणमा राख्ने,

– समय / समयमा कोलेस्टेरोल परिक्षण गरी नियन्त्रणमा राख्ने,

– मधुमेह भएमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने,

– चुरोटको सेवन नगर्ने,

– गाडीमा सिटबेल्ट, बाइक / स्कुटी/ साइकल चलाउँदा / पछाडि बस्दा बलियो हेल्मेट लगाएर टाउकोको रक्षा गर्ने,

– मदिरा सेवन नगर्ने,

– क्याफिनको मात्रा धेरै हुने सोडा, कोल्ड ड्रिंक्सको सेवन सकभर नगर्ने,

– रिस, आवेग, कुण्ठा, इर्श्या, अस्वस्थ्य प्रतिस्पर्धा, अधिक महत्वाकांक्षा, नकारात्मक सोंच, अधिक संबेदनशिलता त्यागेर ‘ सहज जीवन बिताउने,

– एकोहोरो रुपमा लामो समय मस्तिष्कलाई भार दिने काम नगर्ने । मानसिक, शारीरिक, आध्यात्मिक, सामाजिक, पारिवारिक एबम व्यक्तिगत जीवनलाई पनि प्राथमिकता दिने,

– सधै मेसिनले झैं काम नगर्ने । आहार, निद्रा, आराम, घुमफिर, नाचगान, ब्यायाम, योग, ध्यान आदि गरेर जीवनलाई सरल बनाउने,

– प्राकृतिक आहारविहार र स्वस्थ जीवनशैली अपनाउने,

– गाँजा लगायत ड्रगको सेवन नगर्ने,

– आफ्नो तौल सन्तुलनमा राख्ने,

– योग, ध्यान, प्राणायाम आदिबाट अक्सिजनको मात्रा बढाउने,

– आकस्मिक दुखद समाचार वा बियोगान्तक अवस्थामा आफुलाई नियन्त्रण गर्न सक्ने बनाउन ध्यानको अभ्यास गर्ने,

– जथाभावी औषधिको सेवन नगर्ने,

– मस्तिष्कमा ट्युमर भए / नभएको आवश्यकता अनुसार परिक्षण गर्ने र भएमा उपचार गर्ने,

– हाच्छ्यु गर्दा बिस्तारै गर्ने,

– कब्जियत भएमा धेरै बल प्रयोग नगर्ने,

– क्षमताभन्दा धेरै ब्यायाम नगर्ने,

– उत्तेजक औषधिको सेवन गरेर सम्पर्क नगर्ने,

– जीवनशैली जटिल, अव्यवहारिक, तनाव हुने प्रकृतिको नबनाउने ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : १८ बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी