रणवीर कपूरसँगको बिहेबारे आलियाले भनिन् यस्तो « Khabarhub

रणवीर कपूरसँगको बिहेबारे आलियाले भनिन् यस्तो


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्लो समय आलिया भट्ट र रणवीर कपूरको अफेअरको चर्चाले बलिउड गर्माएको छ । यी दुईले छिट्टै बिहे गर्न लागेको चर्चा पनि छ । रणवीर र आलियाका परिवार पनि यी दुईको प्रेममा सहमति जनाएका छन् ।

खबरका अनुसार ‘ब्रह्मास्त्र’ को रिलिजपछि यी दुईले बिहे गर्नेछन् ।

हालै बिहेबारे बोल्दै आलियाले भनिन्, ‘मलाई नै थाहा छैन कि, आजभोलि कुन हल्ला चलिरहेको छ, मलाई लाग्छ, हरेक ३ हप्तामा मेरो बिहेको चर्चा चल्ने गर्छ ।’

आलियाले यस्ता हल्लालाई मनोरञ्जनका रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् ।

भन्ने गरिन्छ कि, ‘ब्रह्मास्त्र’ को शूटिङको दौरान आलिया र रणवीर नजिकिएका थिए । यी दुईबीच प्रेम पनि भएको थियो ।

पहिले यी दुईले आफ्नो सम्बन्ध हल्ला मात्र भएको बताउँदै आएका थिए । आलियाले एक अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘यो कुनै रिलेशनशीप होइन, हामी साथी मात्र हौं ।’

अहिले भने रणवीर र आलियाले प्रेममा रहेको संकेत दिएका छन् । तर, यी दुईले बिहे कहिले गर्दैछन् भन्ने चाहिँ खुलाउन चाहेका छैनन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ४ : ४८ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६