प्रधानमन्त्री ओलीको ‘कोरोनरी एन्जियोग्राफी' परीक्षण, रिपोर्ट सामान्य | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण, रिपोर्ट सामान्य


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपणको तयारी स्वरुप मंगलबार मुटुको ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको नियमित स्वास्थ्य परिक्षणस्वरुप मुटुको ‘कोरोनरी एन्जियोग्राफी’ गरिएको मुटुरोग विषेशज्ञ डा अरुण सायमीले जानकारी दिए।

अस्पताल स्रोतका अनुसार उनको कोरोनरी एन्जियोग्राफी परीक्षणको रिपोर्ट सामान्य रहेको छ ।

प्रधानमन्त्री ओलीले चाँडै मिर्गौला प्रत्यारोपण गर्ने यस अघि नै बताइसकेका कारण प्रत्यारोपण गर्न अहिले स्वास्थ्य अवस्था ठिक छ वा छैन भन्नेबारे जानकारी लागि कोरोनरी एन्जियोग्राफी गरिएको अस्पताल स्रोतले बताएको छ ।

कोरोनरी एन्जियोग्राफीको रिपोर्ट सामान्य देखिएसँगै अब उनले चाँडै  मिर्गौला प्रत्यारोपण गर्नेछन् ।

प्रधानमन्त्री ओलीको लामो समयदेखि मिर्गौंलाको डायलाइसिस गरिँदै आएको छ। प्रधानमन्त्री ओलीको गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ५५ बजे

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि