सम्पादकहरुद्वारा चिनियाँ दूतावासबाट जारी वक्तव्यको भर्त्सना « Khabarhub

सम्पादकहरुद्वारा चिनियाँ दूतावासबाट जारी वक्तव्यको भर्त्सना


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अंग्रेजी अखवार ‘द काठमाडु पोस्ट’मा प्रकाशित एउटा विचार (लेख)का सन्दर्भमा नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ति जनाएका छन् ।

विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको वक्यतव्यको भर्त्सना गरेका हुन् ।

‘द काठमाडौं पोस्ट’को मंगलबार (१८ फ्रेब्रुअरी २०२०)को अंकमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ भन्ने शीर्षकको लेख प्रकाशित भएको थियो । अन्य सञ्चारमाध्यमबाट शाभार गरी प्रकाशित गरिएको उक्त लेखमा चिनियाँ मुद्रा (युआन)को १०० दरको नोटमा अंकित माओत्से तुंगको तस्वीरमा माक्स लगाइएको थियो ।

सोही विषयप्रति आपत्ति जनाउँदै चिनियाँ दूतावासले मंगलबार नै एउटा वक्तव्य जारी गरेको थियो । जसमा द काठमाण्डु पोस्टका सम्पादकको नाम नै उल्लेख गरी ‘फर्दर एक्सन’को चेतावनी दिइएको छ ।

सञ्चारमाध्यमका सम्पादकहरुले दूतावासको वक्तव्यमा सम्पादकको नाम नै उल्लेख गरी धम्की दिने कार्य भर्त्सनायोग्य भएको बताएका छन् ।

सम्पादकहरुले जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं । तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भर्त्सना गर्दछौं ।’

दूतावासको विज्ञप्तीले कूटनीतिक मर्यादा पनि नाघेको सम्पादकहरुले स्मरण गराएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : ५२ बजे

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज