सम्पादकहरुद्वारा चिनियाँ दूतावासबाट जारी वक्तव्यको भर्त्सना | Khabarhub Khabarhub

सम्पादकहरुद्वारा चिनियाँ दूतावासबाट जारी वक्तव्यको भर्त्सना


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अंग्रेजी अखवार ‘द काठमाडु पोस्ट’मा प्रकाशित एउटा विचार (लेख)का सन्दर्भमा नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ति जनाएका छन् ।

विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको वक्यतव्यको भर्त्सना गरेका हुन् ।

‘द काठमाडौं पोस्ट’को मंगलबार (१८ फ्रेब्रुअरी २०२०)को अंकमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ भन्ने शीर्षकको लेख प्रकाशित भएको थियो । अन्य सञ्चारमाध्यमबाट शाभार गरी प्रकाशित गरिएको उक्त लेखमा चिनियाँ मुद्रा (युआन)को १०० दरको नोटमा अंकित माओत्से तुंगको तस्वीरमा माक्स लगाइएको थियो ।

सोही विषयप्रति आपत्ति जनाउँदै चिनियाँ दूतावासले मंगलबार नै एउटा वक्तव्य जारी गरेको थियो । जसमा द काठमाण्डु पोस्टका सम्पादकको नाम नै उल्लेख गरी ‘फर्दर एक्सन’को चेतावनी दिइएको छ ।

सञ्चारमाध्यमका सम्पादकहरुले दूतावासको वक्तव्यमा सम्पादकको नाम नै उल्लेख गरी धम्की दिने कार्य भर्त्सनायोग्य भएको बताएका छन् ।

सम्पादकहरुले जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं । तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भर्त्सना गर्दछौं ।’

दूतावासको विज्ञप्तीले कूटनीतिक मर्यादा पनि नाघेको सम्पादकहरुले स्मरण गराएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : ५२ बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित