महाशिवरात्रिका लागि ३ हजार साधुसन्त आइपुगे, ४ सय बढी पशुपतिनाथ मूल मन्दिर परिसरमा बस्ने (फोटो फिचर) | Khabarhub Khabarhub

महाशिवरात्रिका लागि ३ हजार साधुसन्त आइपुगे, ४ सय बढी पशुपतिनाथ मूल मन्दिर परिसरमा बस्ने (फोटो फिचर)



काठमाडौं- महाशिवरात्रि पर्वको अवसर पारेर तीन हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साधुसन्त आउने क्रम जारी रहेकाे कोषले जनाएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट साधु-सन्तहरु पशुपतिनाथमा आउने गर्छन् ।

चार सयभन्दा बढी नागाबाबा भने पशुपतिनाथको मूल मन्दिर परिसरमा बस्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि नागाबाबा भने पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेको संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै नागाबाबा बस्न पाउने परम्परा समेत छ ।

साधुको बिदाइ औँसीका दिन गरिन्छ । साधुसन्त आ–आफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गर्छन् ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा रही आएको छ । यस बाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गरेको छ ।

पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने गरिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : २४ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका