हवाई नीतिको मस्यौदा मन्त्रीसमक्ष पेश, १५ वर्ष पुराना विमान खरिद नगर्न प्रस्ताव « Khabarhub

हवाई नीतिको मस्यौदा मन्त्रीसमक्ष पेश, १५ वर्ष पुराना विमान खरिद नगर्न प्रस्ताव


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय हवाई नीति परिमार्जन गर्न गठन गरिएको कार्यदलले तयार पारेको मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

कार्यदलका संयोजक यज्ञप्रसाद गौतमले संस्कृति पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेश भट्टराईलाई ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुझाएका हुन् ।

मस्यौदा बुझ्दै मन्त्री भट्टराईले हवाई सुरक्षामा सरकारले कुनै सम्झौता नगर्ने जनाए ।

सरकारले उपभोक्तको हितलाई प्रमुख प्राथमिकतामा राख्ने भन्दै मन्त्री भट्टराईले निजि क्षेत्रलाई हवाई क्षेत्रमा प्रोत्साहन गरिने उल्लेख गरे ।
हवाई नीतिमा १५ वर्ष पुराना र ३५ हजार साइकल पूरा गरेका विमान खरिद गर्न नपाइने व्यवस्था छ ।

५ वर्ष भन्दा कमका जहाज खरिदमा सरकारले सहुलियत दिने व्यवस्था समेत हवाई नीतिको मस्यौदामा उल्लेख गरिएको छ ।

हवाई उड्डयनलाई स्तरीय बनाउनका लागि करिब आधा दर्जन विधेयकहरु ल्याउन लागिएको समेत मन्त्री भट्टराईले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : १६ बजे

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२