५ जीको प्रयोगपछि इन्टरनेट स्पीड १३ गुणाले बढ्ने प्रक्षेपण « Khabarhub

५ जीको प्रयोगपछि इन्टरनेट स्पीड १३ गुणाले बढ्ने प्रक्षेपण


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व बजारमा सन् २०२३ सम्ममा कूल मोबाइलको १० प्रतिशत भन्दा बढिमा ५ जीको कनेक्सन हुने प्रक्षेपण गरिएको छ ।

तीब्र गतिमा हुने ५ जी नेटवर्कको बिस्तारले ग्लोबल मोबाइल कनेक्सनको स्पीडलाई पनि आगामी ५ वर्षमा तीन गुणाले बढाउने सिस्कोले प्रक्षेपण गरेको छ ।

सिस्कोको वार्षिक रिपोर्ट अनुसार सन् २०२३ मा मोबाइल कनेक्सन स्पीड ४४ एमबीपीएस पुग्नेछ । जबकी यस्तो स्पीड सन् २०१८ मा औi १३ एमबीपीएस रहेको थियो ।

यसका साथै औसत ५जी स्पीड भने ५७५ एमबीपीएस सोहि वर्ष पुग्ने अपेक्षा गरिएको छ भने औसत मोबाइल इन्टरनेटको स्पीडभन्दा १३ गुणा तीब्र हुने अपेक्षा गरिएको छ ।

रिपोर्टअनुसार सन् २०२३ मा वाईफाई नेटवर्कहरुमा औसत विश्वव्यापी स्पीड ९२ एमबीपीएस हुने अपेक्षा छ । फिक्स्ड ब्रोडब्याण्डमा भने ११० एमबीपीएस हुने अपेक्षा गरिएको छ ।

सिस्कोको वार्षिक रिपोर्टले मोबाइल, वाईफाई, फिक्स्ड ब्रोडब्याण्ड नेटवर्किंगका साथमा बढ्दो यूजर्स, डिभाईस र कनेक्सनको आधारमा गुणस्तरीयताको प्रक्षेपण गरेको छ ।

यसका साथै नेटवर्कको कायक्षमता र वर्तमान प्रवृत्तिको आधारमा अनुमान गरिएको छ ।
रिपोर्टले ५जी यूजर्सको बारेमा अन्य बजार अनुसन्धानकर्ताहरुले गरेको जस्तै प्रक्षेपण गरेको छ, जसअनुसार ५जी को पहिलो ५ वर्षमा १ अर्ब भन्दा बढि यूजर्स पुग्नेछन् ।

सिस्कोको प्रक्षेपणअनुसार सन् २०२३ सम्ममा विश्व जनसंख्या ५.७ अर्बको आधारमा ७० प्रतिशत भन्दा बढि मानिसहरुसम्म २जी, ३जी, ४जी वा ५जी मोबाइल कनेक्टिभिटी हुनेछ । हाल विश्व जनसंख्याको करिब दुई तीहाईले मात्र मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : २४ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले