भारतमा शंकास्पद कार्गोसहित चिनियाँ पानी जहाज नियन्त्रणमा « Khabarhub

भारतमा शंकास्पद कार्गोसहित चिनियाँ पानी जहाज नियन्त्रणमा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– शंकास्पद कार्गो लिएर पाकिस्तानतर्फ जान लागेको चिनियाँ पानी जहाजलाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका छन् ।

भारतीय भन्सार अधिकारीले गुजरात राज्यको दिनदयाल बन्दरगाहबाट हिड्नेक्रममा पानीजहाजलाई गत सोमबार नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

पानीजहाजमा क्षेप्यस्त्र निर्माणका लागि प्रयोग हुने अटोक्लेभ रहेको भएपनि त्यसमा ‘ड्रायर’ रहेको भनी झुक्याएर पाकिस्तानी शहर कराँचीमा रहेको कसिम बन्दरगाहतर्फ लैजानेक्रममा पानीजहाजलाई नियन्त्रणमा लिइएको हो । उक्त चिनियाँ पानीजहाज हङकङको ध्वजावाहक डा कुई युन नामक गरेको मर्चेन्ट भेसल रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यस पानीजहाज गत फेब्रुअरी ४ को रात भारतीय बन्दरगाह आइपुगेको थियो । सोमबार नियन्त्रणमा लिइएको पानीजहाजमा रहेको शंकास्पद कार्गो र कागजात समेत जफत गरिएको जनाइएको छ । भारतको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेशनका अधिकारीले यसमा भएको कार्गोको परीक्षण गरिरहेका छन् ।

भारतीय बन्दरगाहबाट उम्कन लाग्दै गर्दा यसलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानीजहाजलाई बन्दरगाह छाड्न अनुमति दिनका लागि बन्दरगाहका अधिकारीले नो अब्जेक्सन सर्टिफिकेट र अनवार्ड सेइलिङ मेमो समेत जारी गरिसकेका थिए । यद्यपि पानीजहाजमा शंकास्पद गतिविधि थाहा पाएपछि यसलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : ५८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक