तस्वीरमा हेर्नुहोस् यसरी मनाइयो सेना दिवस | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस् यसरी मनाइयो सेना दिवस


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले आफ्नो स्थापनाको उत्सव (दिवस) मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहका बीच सेनाले आफ्नो स्थापना दिवस मनाएको हो ।

शुक्रबार आयोजित सेना दिवसको कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च पदस्थ व्यक्तिहरु सहभागी रहे ।

सेना दिवसको कार्यक्रममा उपराष्ट्रिपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण र उच्चपदस्त सरकारी कर्मचारी, नेपाली सेनाका प्रधान सेनापतिसहित सुरक्षा अंगका प्रमुखहरु सहभागी भए ।

सैनिक दिवसको अवसरमा महाशिवरात्रि बढाइँ तथा कवाज, सशस्त्र कला, खुकुरी मार्सल आर्ट लगायतका कौशल प्रस्तुत गरियो ।

सेनाले हरेक वर्षझैं यस वर्ष पनि महाशिवरात्रिको दिन आफ्नो स्थापना दिवस मनाएको हो ।  सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर आफ्नो स्थापना दिवस मनाउन शुरु गरेको थियो ।

नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

इतिहासविद् दिनेशराज पन्तका अनुसार पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन् १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको हो ।

भगिरथ पन्तको कमाण्डबाट शुरु भएको गोरखा राज्यको सेना हाल नेपाली सेनाका रुपमा पुर्णचन्द्र थापाको नेतृत्वमा छ ।

इतिहास हेर्ने हो भने नेपाली सेनाको सञ्चालन तथा सुरुवात तत्कालिन बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । तत्तकालिन शाही सेना, शाही नेपाली सेना हुँदै पृथ्वीनारायण शाहका ११ औं पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै सेना पनि राजाबाट जनताको नियन्त्रणमा आएको छ ।

२०६३ साल जेठ ४ गतेको तत्कालिन पुर्नस्थापित प्रतिनिधिसभाको घोषणबाट शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो ।

त्यस लगत्तै २०६३ मा अन्तरिम संसद्ले सैनिक ऐन पारित गरी सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरी संसद्को माताहत ल्याएका हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार, अहिले सेनाको संख्या ९६ हजार ५ सय ९९ छ । यो सकल दर्जाको संख्या हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ४५ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले