तस्वीरमा हेर्नुहोस् यसरी मनाइयो सेना दिवस « Khabarhub

तस्वीरमा हेर्नुहोस् यसरी मनाइयो सेना दिवस


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले आफ्नो स्थापनाको उत्सव (दिवस) मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहका बीच सेनाले आफ्नो स्थापना दिवस मनाएको हो ।

शुक्रबार आयोजित सेना दिवसको कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च पदस्थ व्यक्तिहरु सहभागी रहे ।

सेना दिवसको कार्यक्रममा उपराष्ट्रिपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण र उच्चपदस्त सरकारी कर्मचारी, नेपाली सेनाका प्रधान सेनापतिसहित सुरक्षा अंगका प्रमुखहरु सहभागी भए ।

सैनिक दिवसको अवसरमा महाशिवरात्रि बढाइँ तथा कवाज, सशस्त्र कला, खुकुरी मार्सल आर्ट लगायतका कौशल प्रस्तुत गरियो ।

सेनाले हरेक वर्षझैं यस वर्ष पनि महाशिवरात्रिको दिन आफ्नो स्थापना दिवस मनाएको हो ।  सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर आफ्नो स्थापना दिवस मनाउन शुरु गरेको थियो ।

नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

इतिहासविद् दिनेशराज पन्तका अनुसार पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन् १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको हो ।

भगिरथ पन्तको कमाण्डबाट शुरु भएको गोरखा राज्यको सेना हाल नेपाली सेनाका रुपमा पुर्णचन्द्र थापाको नेतृत्वमा छ ।

इतिहास हेर्ने हो भने नेपाली सेनाको सञ्चालन तथा सुरुवात तत्कालिन बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । तत्तकालिन शाही सेना, शाही नेपाली सेना हुँदै पृथ्वीनारायण शाहका ११ औं पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै सेना पनि राजाबाट जनताको नियन्त्रणमा आएको छ ।

२०६३ साल जेठ ४ गतेको तत्कालिन पुर्नस्थापित प्रतिनिधिसभाको घोषणबाट शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो ।

त्यस लगत्तै २०६३ मा अन्तरिम संसद्ले सैनिक ऐन पारित गरी सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरी संसद्को माताहत ल्याएका हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार, अहिले सेनाको संख्या ९६ हजार ५ सय ९९ छ । यो सकल दर्जाको संख्या हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ४५ बजे

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली