साताको शेयर बजार : नेप्से परिसूचकले नयाँ इतिहास बनायो « Khabarhub

साताको शेयर बजार : नेप्से परिसूचकले नयाँ इतिहास बनायो


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ ।

साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोवार भए । ब

जार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोवारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो ।

साताको पहिलो दिन नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो ।

कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भए ।

सोमबार नेप्से परिसूचक आज ३४ अङ्कले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो ।

झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भयो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने रु दुई अर्ब माथि पुगेको छ ।

कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।

बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद–बिक्री भए ।

बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम ग¥यो । त्यस दिन नेप्सेमा २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद–बिक्री भए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ५ : ५९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच