बालुवाटारको एक्सन रूमबाट माथिल्लो खुरुङ्गा खोला जलबिद्दुत आयोजना उद्घाटन « Khabarhub

बालुवाटारको एक्सन रूमबाट माथिल्लो खुरुङ्गा खोला जलबिद्दुत आयोजना उद्घाटन


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सन रुमबाट आयोजनाको उद्घाटन गरेका हुन् । योसँगै, तेह्रथुम पावर कम्पनीले बनाएको ७.५ मेगावाट क्षमता थपिएको हो ।

मेन्छ्याम गाउपालिकामा भएको उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनलगायतको उपस्थिति थियो ।

यो आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमईले लगानी गरेका छन् ।

करिब एक अर्ब ३२ करोड ५० लाख लागतको आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडले ४० करोड, नेपाल बंगलादेश बैंकले ३० करोड र ग्लोबल आईएमईले ३० करोड लगानी गरेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : ५५ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत