बार्सिलोनाको जितमा मेसीले गरे चार गोल  « Khabarhub

बार्सिलोनाको जितमा मेसीले गरे चार गोल 


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा आइबरविरुद्ध बार्सिलोनाले शानदार जित हात पारेको छ ।

कप्तान लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना आइबरविरुद्ध ५-० गोल अन्तरले विजयी भएको हो ।

पहिलो हाफमा ह्याट्रिक गरेका कप्तान मेसीले दोस्रो हाफमा थप एक गोल गरेका थिए । अर्को गोल आर्थर मेलोले गरे ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । २५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा एक खेल कम खेलेको रियलको ५३ अंक छ ।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा मेसीले २६ मिनेटमा ह्याट्रिक गरे । खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ३७औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरे ।

दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गर्दा मेसीले एक गोल थपे । ८७औं मिनेटमा मेसीले चौथो गोल गर्दा बार्सिलोनाले पनि ४-० को अग्रता बनायो । ८९ औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले फराकिलो जित हात पारेको हो ।

पराजित आइबर भने २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ०५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२