मौलापुर नगरपालिकाको अनुकरणीय काम, दलित समुदायका लागि गाउँकोबीच मै नमुना बस्ती « Khabarhub

मौलापुर नगरपालिकाको अनुकरणीय काम, दलित समुदायका लागि गाउँकोबीच मै नमुना बस्ती


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मौलापुर– किसानलाई नि:शुल्क बीउ बिजन, सिंचाइका लागि पानी तथा सहुलियत मल, मालपोतलगायतका पचासौं शीर्षकमा कर नलिने, गाउँ गाउँलाई पिचले जोड्ने जस्ता दर्जनौं काम गरेर चर्चामा रहेको रौतहटको मौलापुर नगरपालिकाले अर्को अनुकरणीय काम गरेर पुनः एकपटक चर्चाको केन्द्र बनेको छ ।

हो, मौलापुर नगरपालिका वडा नम्बर ५ मा बनाईएको नमुना दलित बस्ती अर्को अनुकरणीय काम बनेको छ। आर्थिक एवम सामाजिक रुपले बहिस्कृत दलित समुदायका लागि नगरपालिकाले गरेको कामबाट धेरैले सिक्नुपर्ने विषय बनेको हो ।

नगरपालिकाद्वारा निर्मित १७ घर परिवारलाई पर्याप्त जग्गा सहितको आधुनिक भवन निर्माण गरेर हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले बस्ती हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख रीनाकुमारी साहले अफ्नो विशेष पहलमा जग्गा किनेर गाउँको बीचमा चमार जातिका १७ परिवारका लागि घर निर्माणले दलित समुदायलाई पनि सबैसँग मिलाएर राख्नुपर्ने संदेश दिएकी हुन । प्रायः जसो ठाउँमा दलित समुदायको लागि घर निर्माण गरिने गरिएको भएपनि मौलापुरले त्यस्तो विभेद स्वीकार्न नसकिने भन्दै गाउँको बीचमै बनाएको हो ।

हरेक घरको अगाडि पक्की नाला, खेल्ने चौर, आगन तथा गाई बस्तु पाल्ने ठाउँसमेत रहेको छ। घरलाई दुई तल्ले बनाउने गरि निर्माण गरिएको छ। बस्तिको बिच भएर पक्की सडक निर्माण गरिएको छ। बस्तिलाई चारै तिरबाट सुरक्षीत बनाउन कम्पाउन्ड वाल लगाइएको छ।

नगरप्रमुख रीनाकुमारी साहले आर्थिक, सामाजिक रुपमा बहिष्कारमा परेका दलित समुदायलाई सामाजिक एवम आर्थिक दुबै रुपले माथि उठाउन बस्ती निर्माण गरेको जीकिर गरिन । उनले भनिन, “हामीले हेर्दै आएका छौँ वर्षौं देखि दलित समुदायलाई नेपाली समाजमा बहिष्कार गरिदै आएको छ । पछिल्लो समय दलितहरुका लागि घर बनाईदिने कामहरु हुँदै आएको छ तर हामीले गरेको काम अरुभन्दा नितान्त फरक छ । अन्य ठाउँमा दलितका लागि बसाइएको बस्ती गाउँबाट पर राखिएका छन् । त्यो आफैमा पनि नयाँ स्वरुपको विभेद हो, त्यस्तै घर बनाउदा माथी थप्न नमिल्ने गरि बनाइएको छ जसले गर्दा पछि समस्या आउन सक्छ तर हामीले भविष्यलाई ध्यानमा राखेर गाउँक्क बीचमै बलियो घर बनाएका हौं ।”

प्रमुख साहले थपिन्, “खुल्ला ठाउँ सहित हामीले बनाएको घरहरु उनीहरुले चाहेमा ३/४ तल्लासम्मको बनाउन सक्छन । जसले गर्दा उनीहरुको बढ्दो वंशले ३ पुस्ता एकै ठाउँमा बस्न सक्छन् । त्यस्तै खुल्ला छ्त तथा चौरमा घरायसी कामका साथै अन्य आर्थिक गतिविधि पनि गर्न सक्छन् । गाउँको बीचमै हुनाले सामाजिक रुपमा घुलमिल हुन तथा आर्थिक रुपमा माथि उठने हिसाबले बस्ती बनाइएको हो ।”

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ४८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई