डाउन सिन्ड्रोम भएकालाई विशेष अवसर दिनुपर्ने माग « Khabarhub

डाउन सिन्ड्रोम भएकालाई विशेष अवसर दिनुपर्ने माग


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गताभित्र पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको क्षमता पहिचान गरी विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले आज अपाङ्गताभित्र डाउन सिन्ड्रोम व्यक्तिको अवस्थाका बारेमा छलफल गर्न आयोजित अन्तरक्रियामा आयोगका सदस्य प्रकाश वस्तीले अपाङ्गगता भएका व्यक्तिमा पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको विशेष क्षमताको पहिचान गरी सरकारले विशेष अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

मानवअधिकारको अवस्था सम्बन्धमा आयोगबाट अनुगमन तथा प्रादेशिक तथा राष्ट्रिय सम्मेलन सम्पन्न गरी नेपाल सरकारलाई सिफारिशसमेत गरेको जानकारी दिँदै उनलेअपाङ्गताको विषयसँग सम्बन्धित कानून, नीति तथा सन्धि, महासन्धिका प्रावधानको कार्यान्वयनमा सरकारको उदाशीनता रहने आरोप लगाए । आयोगले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणलाई आयोगले प्राथमिकतामा दिँदै आएको बताए ।

डाउन सिन्ड्रोम समाज नेपालका अध्यक्ष शीला थापाले डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरु प्राथमिकतामा नपरेको, घरभित्र समेत भेदभावपूर्ण वातावरणको शिकार हुनु परेको, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था तथा सुनिश्चितता हुन नसकेको बताइन् । उनले अपाङ्गताको अवस्थाअनुसार परिचयपत्र प्राप्त गर्न नसक्दा पहिचानको अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरिन् ।

अध्यक्ष थापाका अनुसार मानव शरीरका कोषहरुमा ३३ जोडी क्रोमोजोम हुन्छ । तीमध्ये २१ नम्बरको क्रोमोजोममा जोडी नभएर तीन वटा हुँदा डाउन सिन्ड्रोम हुने गर्दछ । एउटा क्रोमोजोम बढी भएको बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिन्छ । यो रोग नभई शारीरिक अवस्था रहेको थापाकाे भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : ४० बजे

पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग,

मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

लुम्बिनी लायन्सका शेरको शिकार भए जनकपुर बोल्ट्सका कंसाकार

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

कृषिमन्त्री परियार र राजदूत छन सोङबीच भेटवार्ता

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो

काठमाडौं– पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका