पृथ्वी गोलो नभइ चेप्टो छ भनेर प्रमाणि गर्न खोज्ने व्यक्तिको मृत्यु « Khabarhub

पृथ्वी गोलो नभइ चेप्टो छ भनेर प्रमाणि गर्न खोज्ने व्यक्तिको मृत्यु


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– पृथ्वी गोलो नभइ चेप्टो छ भन्ने प्रमाणित गर्नका लागि अन्तरिक्षमा जाने खोज्ने एक अमेरिकी नागरिकको दुर्घटनामा मृत्यु भएको छ ।

‘पागल’ उपनाम गरिएका ६४ वर्षीय माइक ह्यूजले अन्तरिक्षमा जान वाष्पशक्तिबाट चल्ने एउटा रकेट बनाएका थिए ।

आफ्नो अन्तरिक्ष यात्राका लागि शनिबार रकेट प्रक्षेपण गरेका ह्यूजको रकेट दुर्घटनामा मृत्यु भएको हो ।

वाष्पशक्तिबाट चल्ने भनिएको उक्त रकेड जमिनबाट उडेको केही समयमै पुनः जमिनमै आएर बजारिएको थियो ।

अन्तरिक्षमा उड्ने ह्यूजको प्रयासलाई यूएस साइन्स टीभी च्यानलको होममेड एस्टोनट्स कार्यक्रमका लागि पूरै खिचिएको थियो । उक्त कार्यक्रमका लागि खिचिएको भिडियोमा एउटा रकेट आकाशमा उडेको केही बेरमै नजिकै जमिनमा खसेर बजारिएको देखिन्छ ।

ह्यूजले आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा वाष्पशक्तिबाट चल्ने उक्त रकेटमार्फत पृथ्वीबाट ५ हजार फिट माथि (टाढा) जान खोजेका थिए ।

ह्यूजले आफ्ना साथीहरुको सहयोगमा १८ हजार अमेरिकी डलर (करिब १९ लाख नेपाली रुपैयाँ) खर्च गरेर उक्त रकेट निर्माण गरेका थिए ।

ह्यूजले धेरै अगाडि पृथ्वी गोलो नभइ चेप्टो भएको दाबी गरेका थिए । गएको मार्चमा पनि उनी रकेटमार्फत पृथ्बीबाट १ हजार ८ सय ७० फिट माथि पुगेका थिए । जहाँबाट उनी प्यारासूटमार्फत फर्किएका थिए ।

ह्यूजले सन् २००२ मा कार उडाएर १ सय ३ फिटको दूरी पार गरी गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा समेत नाम लेखाएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ४ : २९ बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,