संविधान संशोधन अध्ययनका लागि नेकपाले गठन गर्‍यो तीन सदस्यीय कार्यदल « Khabarhub

संविधान संशोधन अध्ययनका लागि नेकपाले गठन गर्‍यो तीन सदस्यीय कार्यदल


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरेको छ ।

शनिवार (हिजो) बसेको नेकपाको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको स्रोतको भनाइ छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेका छन् ।

शनिवारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए ।

कार्यदलले राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान स‌ंशोधनका लागि अध्ययन गर्ने र संविधान संशोधन गर्नु पर्ने अन्य विषयबारे समेत अध्ययन गर्ने जिम्मेवारी पाएको स्रोतको भनाइ छ ।

सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको भएपनि निर्णय भने नभएको स्रोतको भनाइ छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको स्रोतको दाबी छ ।

यसअघि राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न नमिल्ने भन्दै उपाध्यक्ष गौतमले राष्ट्रिय सभा सदस्य बन्न अस्वीकार गरेको बताएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ४ : ३२ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर