अब थवाङ समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्छः उपराष्ट्रपति पुन « Khabarhub

अब थवाङ समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्छः उपराष्ट्रपति पुन


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन् ।

माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको थवाङस्थित आफैंले विद्यालय तहको अध्ययन गरेको वीर बलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्न आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले जनयुद्ध सम्झिए ।

मुलुकका अन्य भेगमा गणतन्त्रको नारा सिथिल भइसकेका बेला थवाङ र रोल्पाले उक्त नारा सशक्त रुपमा उठाएर मुलुकभर नै जागरण पैदा गरेको उनले बताए ।

उनले अब थवाङले राजनीतिक मूलप्रवाहमा समाहित भएर समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्ने उनको भनाइ थियो ।

‘इतिहासमा थवाङ र रोल्पा सधैं राज्यसत्ताको विरुद्ध उभियो । जनयुद्धमार्फत गणतन्त्रको झण्डा उठायो’, उपराष्ट्रपतिले भने, ‘जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको छ । नेपालबाट सामान्तवादको अन्त्य भएको छ । गणतन्त्र र संविधान हाम्रो बच्चा हो । बाबुआमाले माया गरेर बालबच्चा हुर्काएजस्तै हामीले संविधानको संरक्षण गर्नुपर्छ, यसलाई हुर्काउनुपर्छ ।’

उनले भने, ‘राज्यसत्ताका विरुद्ध उभिएका हामी अब स्थानीय तह, प्रदेश र संघीय सरकारमा छौं । अब जनतालाई माग राख्न मात्र सिकाएर हुँदैन । हामीले माग पूरा गर्नुपर्छ ।’

रोल्पालीहरु मुलुकको साधनश्रोत वितरण गर्ने ठाउँमा पुगेकाले अब आफ्नो गाउँ र जिल्लाको सबै मिलेर विकास गर्नुपर्नेमा उनले जोड दिए ।
विगतमा रोल्पाली नेतृत्व र जनता एकाकार हुँदा मुलुकबाटै सामन्तवादको अन्त्य भएको भन्दै उनले विकास र समृद्धि हासिल गर्न पनि नेतृत्व र जनता एकाकार हुनुको विकल्प नरहेको बताए ।

उपराष्ट्रपतिले आफूहरुले सहिदको रगतको मूल्य नभुलेको चर्चा गर्दै सहिदलाई कुनै व्यक्ति र पार्टीको पेवा बनाउने प्रयास नगर्न पनि उनले चेतावनी दिए ।

‘नुन बोक्न दाङ र कोइलाबास जानुपथ्र्यो । अहिले आफ्नै घरमा नुन आइपुगेको छ । सहिद मार्गका कारण थवाङसम्म गाडी आएको छ । खोलाहरुमा पुल बनेका छन् । कृषिमा आधुनिकीकरण हुँदैछ ।’ उपराष्ट्रपति पुनले भने, ‘नेपालकै ठूलो सोलार ग्रिड थवाङमै बनिरहेको छ । स्वास्थ्य र शिक्षाको अवस्थामा धेरै सुधार भएको छ । सिंगो जिल्ला विद्युतीकरण हुँदैछ ।’

उनले रोल्पा र थवाङको अनुहार फेर्ने कामको नेतृत्व क्रान्तिबाट आएका रोल्पाली नेताहरुले गरिरहेको बताए ।

फरक प्रसंगमा उपराष्ट्रपति पुनले संविधानमा शिक्षालाई मौलिक हकका रुपमा लेखिए पनि निजीकरणलाई निरुत्साहन नगरेसम्म सामुदायिक विद्यालयको स्तर सुधार्न कठिन हुने बताए ।

प्रतिस्पर्धी र राष्ट्रहितमा समर्पित विद्यार्थी उत्पादन गर्ने खालको शिक्षा नीति जरुरी रहको उनको धारणा थियो । धनीलाई एक प्रकारको र गरिबलाई अर्को प्रकारको शिक्षा हुने अवस्था कायमै रहे समाजमा द्वन्द्व, अशान्ति, भ्रष्टाचार र अनियमितता नघट्ने भएकाले सम्वद्ध सबैलाई त्यसलाई मनन गर्नुपर्ने उहाँको भनाइ थियो ।

उपराष्ट्रपतिले सोही विद्यालयबाट ३४ वर्षअघि एसएलसी पास गर्नुभएको थियो ।

कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्र रोल्पा जिल्लाभर विद्युतीकरण गरिसक्ने योजना रहेको बताए ।

‘यही वर्षभित्र जिल्लाको सबैतिर बिजुली पुगिसक्छ’, मन्त्री पुनले भने, ‘अब अँध्यारो रोल्पा रहँदैन । रोल्पा उज्यालो हुन्छ ।’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले नेपालकै सबैभन्दा ठूलो सोलार मिनी ग्रेड थवाङमा निर्माण भइरहेको भन्दै अब थवाङमा जनताले अँध्यारोमा बस्ने दिन सकिएको घोषणा गरे ।

कार्यक्रममा मन्त्री पुन र पूर्वसभामुख ओनसरी घर्तीले आफूहरुको दुई÷दुई महिनाको तलब वीर बलभद्र नमुना माविको अक्षयकोषका लागि दिने घोषणासमेत गरे ।

कार्यक्रममा शिक्षमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा गणतन्त्र स्थापना गर्न थवाङको ठूलो भूमिका रहेको स्मरण गरे । थवाङ सचेत र जागृत जनता बस्ने थलो भएको भन्दै मन्त्री पोखरेलले अब स्तरीय शिक्षाको थलो बनाउन सुझाव दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ५ : ४२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले