११ कविहरुकाे कविता संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक « Khabarhub

११ कविहरुकाे कविता संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ११ युवा कविका ११० कविताको सङ्ग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक भएको छ ।

मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क्याम्पसका प्राध्यापक तथा समालोचक डा गीता त्रिपाटी, समालोचक राजकुमार बानिया तथा एनआरएन उपाध्यक्ष तथा पूर्ववास उपन्यासका लेखक सर्वाज्ञ वाग्ले, प्रकाशक पुष्पराज पौडेल तथा ‘उज्यालाका मालीहरू’ सम्पादक महेश पौड्यालले संयुक्त रुपमा कविता सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

कविता सङ्ग्रह सार्वजनिकरण कार्यक्रममा मदन पुरस्कार विजेता कार्कीले भनिन्, “युवाको अनुहारमा हाम्रो अनुहार छापिएको हुन्छ । हाम्रो अनुहार अँध्यारो–उज्यालो कस्तो छ भन्ने कुरा युवाको अनुहार हेर्दा थाहा हुन्छ । मैले ‘उज्यालाका मालीहरू’मा हाम्रो उज्यालो अनुहारको रुपरेखा देखेँ ।”

समालोचक राजकुमार बानियाले यस कविता सङ्ग्रहमा सङ्ग्रहित कविहरू कविताको नयाँ मानक सिर्जना गर्ने बाटोमा अग्रसर रहेको जिकिर गरे।

साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदीप योङहाङ लिम्बू, सुन्सरीकी दीपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु, काभ्रेका अदीप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट छन् ।

यसैंबीच साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रमको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रायले निवसी बालिका तारा तामाङलाई प्रदान गरिएको छ ।

काभ्रेकै भ्रमरकोणस्थित गणेश उच्चमाविमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार गोविन्द कँडेर आँशु तथा उक्त विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले रु ११ हजार १११ राशिसहितको उक्त पुरस्कार बालप्रतिभा तामाङलाई प्रदान गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : ०५ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न