ट्रम्पको भ्रमणमा सुकुम्बासी बस्ती छेक्न ६ सय मिटर लामो पर्खाल ! « Khabarhub

ट्रम्पको भ्रमणमा सुकुम्बासी बस्ती छेक्न ६ सय मिटर लामो पर्खाल !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट भारतको भ्रमण गर्दैछन् । उनको भारत भ्रमणलाई भव्य बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले तयारी पनि उस्तै किसिमको बनाएको छ ।

ट्रम्पले गुजरातको अहमदावाद सहरको भ्रमण गर्ने जनाइएको छ । । ‘नमस्ते ट्रम्प’ नाम दिइएको एउटा कार्यक्रममा ट्रम्प र मोदीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

ट्रम्पको भारत भ्रमणको तयारी तीव्र बनाइरहँदा अहमदावादमा बनाइएको ६ सय मिटर लामो पर्खाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । वास्तमा यो पर्खाल बनाउनुको पछाडि त्यहाँ रहेको सुकुम्बासी वस्ती छोप्नु रहेको चर्चा सामाजिक सञ्जालमा छ ।

त्यो पर्खाल नजिकै रहेको सुकुम्बासी बस्तीमा ट्रम्पको आँखा नपरोस् भनेर यस्तो जुक्ति लगाइएको भन्दी मोदी सरकारको आलोचना समेत गरिएको छ ।

कांग्रेस नेता शशि थरुरले ट्विटरमा यसको मजाक उडाएका छन्।

शिव सेना दलले पनि मोदीले गरिबको घर छेकेर गरिबी लुकाउन खोजेको आरोप लगाएको छ। त्यस्तै रंगशालानजिकै रहेका ४५ परिवारलाई पनि जग्गा खाली गर्न सूचना दिइएको विषयमा समेत विरोध जनाइएको छ ।

सामाजिक सञ्जालमा विरोध जनाइए पनि सरकारी अधिकारीहरुले सो पर्खाल र जग्गा खाली गर्ने निर्देशनको भ्रमणसँग कुनै  सम्बन्ध नरहेको दाबी गरेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ०० बजे

विवाद, राजनीति र व्यापारका बीच सकियो विश्वकप: भर्डेको चमत्कारदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को