मास्कको प्रयोग कसरी गर्ने ? « Khabarhub

मास्कको प्रयोग कसरी गर्ने ?


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड –१९ अर्थात कोरोना भाइरसको संक्रमणको त्रास बढेपछि मास्क प्रयोग पनि बढेको छ ।

अस्पताल तथा स्वास्थ्यसंस्थामा चिकित्सक, स्वास्थ्यकर्मी सबैले मास्क प्रयोग गरेर नै बिरामीको जाँच गर्छन् । किनकी मास्कले रोग सर्नबाट रोक्न सक्छ ।

अस्पतालमा मात्र होइन, धूलो–धुवाबाट बच्न पनि मास्कको प्रयोग गर्ने गरिन्छन् । काठमाडौं जस्तो धुलो धुवा भएको शहरमा मास्क विना हिड्न पनि गाह्रो हुन्छ ।

तर कतिपय नेपालीले मास्कलाई सहि प्रयोग गर्न जानेका हुँदैनन् । सहि तरिकाले मास्क प्रयोग गर्न नजानेमा त्यसको उपयोगिताको अर्थ रहदैन । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र समिरका अनुसार मास्क प्रयोग गर्दा पनि ध्यान दिनुपर्छ ।

सहि तरिकाले मास्क प्रयोग गर्न नजानेमा मास्कले हानिकारक धुलोको साना कर्णहरु शरीरमा पस्नबाट रोक्न नसक्ने डा समिर बताउछन् । त्यतिमात्र होइन सहि तरिकाले मास्क प्रयोग नगरेमा त्यसले मुखको संक्रमण हुने जोखिम समेत हुन्छ ।

डा समिरका अनुसार मास्क प्रयोग गर्दा यी कुरमा ध्यान दिनुस्ः
१. सुल्टो प्रयोग गर्ने |

२. नाकको डाडीमा मास्कको प्लेटलाई च्यापेर लगाउने |

३. मास्कको तल, माथि, दायाँ, बायाँ एयर टाइट गर्ने |

४. सकभर एन 95 मास्क प्रयोग गर्ने |

५. मेडिकल / सर्जिकल मास्क ‘ युज एन थ्रो ‘ अर्थात डिस्पोजेबल हुन् | तसर्थ नयाँ मास्क एकपटक मात्र प्रयोग गर्ने अनि उचित ठाउँमा फ्याँक्ने |

६. प्रयोग गरेको मास्क खल्तीमा नराख्ने, घरभित्र नलैजाने |

७. मास्क निकाल्दा कानका डोरीबाट निकाल्ने र डिस्पोज गर्ने |

८. एउटाको मास्क अर्कोले प्रयोग नगर्ने |

९. आफ्नो साइजको मास्क मात्र प्रयोग गर्ने |

१०. कपडाको मास्क सकभर प्रयोग नगर्ने | धोएको कपडाको मास्क प्रयोग गर्दा साना कण, भाइरस / ब्याक्टेरिया फिल्टर हुँदैनन् |

 

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : २७ बजे

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित