मास्कको प्रयोग कसरी गर्ने ? « Khabarhub

मास्कको प्रयोग कसरी गर्ने ?


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड –१९ अर्थात कोरोना भाइरसको संक्रमणको त्रास बढेपछि मास्क प्रयोग पनि बढेको छ ।

अस्पताल तथा स्वास्थ्यसंस्थामा चिकित्सक, स्वास्थ्यकर्मी सबैले मास्क प्रयोग गरेर नै बिरामीको जाँच गर्छन् । किनकी मास्कले रोग सर्नबाट रोक्न सक्छ ।

अस्पतालमा मात्र होइन, धूलो–धुवाबाट बच्न पनि मास्कको प्रयोग गर्ने गरिन्छन् । काठमाडौं जस्तो धुलो धुवा भएको शहरमा मास्क विना हिड्न पनि गाह्रो हुन्छ ।

तर कतिपय नेपालीले मास्कलाई सहि प्रयोग गर्न जानेका हुँदैनन् । सहि तरिकाले मास्क प्रयोग गर्न नजानेमा त्यसको उपयोगिताको अर्थ रहदैन । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र समिरका अनुसार मास्क प्रयोग गर्दा पनि ध्यान दिनुपर्छ ।

सहि तरिकाले मास्क प्रयोग गर्न नजानेमा मास्कले हानिकारक धुलोको साना कर्णहरु शरीरमा पस्नबाट रोक्न नसक्ने डा समिर बताउछन् । त्यतिमात्र होइन सहि तरिकाले मास्क प्रयोग नगरेमा त्यसले मुखको संक्रमण हुने जोखिम समेत हुन्छ ।

डा समिरका अनुसार मास्क प्रयोग गर्दा यी कुरमा ध्यान दिनुस्ः
१. सुल्टो प्रयोग गर्ने |

२. नाकको डाडीमा मास्कको प्लेटलाई च्यापेर लगाउने |

३. मास्कको तल, माथि, दायाँ, बायाँ एयर टाइट गर्ने |

४. सकभर एन 95 मास्क प्रयोग गर्ने |

५. मेडिकल / सर्जिकल मास्क ‘ युज एन थ्रो ‘ अर्थात डिस्पोजेबल हुन् | तसर्थ नयाँ मास्क एकपटक मात्र प्रयोग गर्ने अनि उचित ठाउँमा फ्याँक्ने |

६. प्रयोग गरेको मास्क खल्तीमा नराख्ने, घरभित्र नलैजाने |

७. मास्क निकाल्दा कानका डोरीबाट निकाल्ने र डिस्पोज गर्ने |

८. एउटाको मास्क अर्कोले प्रयोग नगर्ने |

९. आफ्नो साइजको मास्क मात्र प्रयोग गर्ने |

१०. कपडाको मास्क सकभर प्रयोग नगर्ने | धोएको कपडाको मास्क प्रयोग गर्दा साना कण, भाइरस / ब्याक्टेरिया फिल्टर हुँदैनन् |

 

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : २७ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको