धार्मिक पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप « Khabarhub

धार्मिक पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कास्की- सुन्दर नगरी पोखराको प्रमुख विशेषताका रुपमा ताल तलैया मात्र नभएर धार्मिक पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य बनेको छ ।

फेवा तालको तालबाराही, महेन्द्र गुफा, विन्दुवासिनी मन्दिर लगायत विश्व शान्ति स्तुप पनि धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

पोखरा महानगरपालिका २२ स्थित विश्व शान्ति स्तूप बौद्ध धर्मावलम्वीका लागि मात्र नभएर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न पुगेको छ ।

पोखराबाट करीब ८ किमी दक्षिणपश्चिममा रहेको स्तूपको उचाइ ११५ फिट तथा गोलाइ ३४४ फिट छ ।

शाक्यमुनि बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित स्तूप तथा आसपास क्षेत्र करीब बाइस रोपनी क्षेत्रफलमा फैलिएको छ । यस धार्मिक पर्यटकीयस्थलबाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवातालको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ५९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने