आँचल र उदिपले गरे इङ्गेजमेन्ट « Khabarhub

आँचल र उदिपले गरे इङ्गेजमेन्ट


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्‍यो ।

परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् । सोमबार राजधानीको चुच्चेपाटीस्थित इमेरियल बैंक्वीटमा यो जोडीले औंठी साटेको जनाइएको छ ।

खबरका अनुसार यी दुईले यसै महिना बिहे गर्दैछन् । फागुनको अन्तिम साता बिहेको तयारी गरिएको जनाइएको छ ।

यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा बदल्न थालेका हुन् । आँचल र उदिप आफन्तका माध्यमबाट नजिकिएका थिए ।

आँचलले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामीले सधै साथ हुने निर्णय गर्‍यौं ।’ उनका फ्यानले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

पछिल्लो समय आँचलले फिल्म ‘झिंगे दाउ’ अभिनय गरेकी थिइन् । यो फिल्म प्रदर्शन हुन बाँकी नै छ । केही समय यता भने आँचल फिल्मका कारणले भन्दा पनि बिहे र ब्याइफ्रेण्डका कारण चर्चामा छिन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना