पौडेलको अनशनप्रति कांग्रेसको समर्थन छ : नेता खाँण « Khabarhub

पौडेलको अनशनप्रति कांग्रेसको समर्थन छ : नेता खाँण


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताएका छन् ।

भरतपुर अस्पतालमा उहाँलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताए।

माडीका जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उनको अनशन भएको भन्दै उनले संसद् पूर्णरुपमा चलेपछि यस विषयमा कांग्रेसले संसद्मा उठान गर्ने बताए ।

उनले भने, ‘जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ ।’

पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बसेका हुन् । उनको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ ।

पौडेललाई भेट्न नेता खाँण चितवन पुगेका हुन् । एक फरक प्रसङ्गमा उनले सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  २ : ०३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन