बिहेका लागि कन्या छान्दा ख्याल गर्नुहोस यी १० कुरा « Khabarhub

बिहेका लागि कन्या छान्दा ख्याल गर्नुहोस यी १० कुरा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा मानव जीवनका १६ संस्कार बताइएको छ । तीनै १६ सस्कार मध्ये एक हो, विवाह संस्कार ।

विवाह मानिसको सबैभन्दा ठुलो निर्णय र कर्म मानिन्छ । त्यसैले मानिस विवाह पश्चात दोश्रो अध्याय शुरु भएको मान्दछन् । शास्त्रमा समेत विवाहलाई अत्यधिक महत्व दिइएको छ ।

तसर्थ विवाहका सम्बन्धमा शास्त्रमा केहि नियम, नीति र कानून बनाइएको छ । जस अनुसार विवाह गर्ने कन्याका १० बिषयमा जानकारी हुनुपर्ने उल्लेख छ ।

१. विष्णु पुराण अनुसार कटु र कर्कश वाणी भएका कन्या विवाह गरेर जुन परिवारमा जान्छन् त्यस परिवारमा अशान्ति हुने उल्लेख छ । तसर्थ यस्ता कन्यासंग विवाह गर्नुहुदैन ।

२. सोहि पुराणमा मीठो र मधुर वचन भएका कन्या परिवारमा आएमा सुख, सौभाग्य र सम्वृद्धि लिएर आउने उल्लेख छ । यस्ता कन्याले पुरुषको जीवन सुखमय बनाउँछन् ।

३. जुन घरकी नारी बिना कारण अबेरसम्म सुत्दछिन् त्यस घरमा लक्ष्मीको वास नहुने बताइएको छ । तसर्थ अबेरसम्म सुत्ने कन्या विवाह गर्नु हुदैन ।

४. झूठ बोल्ने कन्या पनि विवाह गर्न नहुने उल्लेख छ । यस्ता कन्या जीवन संगिनी बनाउँदा जीवन जोखिमपुर्ण हुनेछ । झूठ बोल्ने कन्याले परिवारमा संकट निम्त्याउछिन् ।

५. सुन्दर अनुहार भएकै भरमा कुनै कन्यासंग विवाह गर्नु हुदैन । बौद्धिक रूपमा सबल र सुन्दर नभएका कन्या अनुहारले सुन्दर भएपनि जीवन संगिनी बनाउनु सुखदायक हुन्छ ।

६. चाणक्यका अनुसार बराबरीका मानिससंग विवाह गर्नु पर्दछ । तसर्थ विवाह अघि कन्याको परिवारको आर्थिक, सामाजिक जानकारी लिई विवाह गर्नु उपयुक्त हुन्छ ।

७. महाभारत र चाणक्य नीति अनुसार विवाह पूर्व कन्याको अन्यत्र प्रेम छ कि छैन त्यसबारे बुझ्नु आवश्यक हुन्छ । अरुको प्रेम खोस्नु महापाप हुने उल्लेख छ ।

८. महाभारत र रामायण अनुसार विवाहका लागी कन्याको स्वीकृति आवश्यक हुन्छ । अन्यथा पत्नी बनाइएकी कन्या भावानात्मक रुपमा पत्नी मानिदैन ।

९. विवाह अघि आफ्नो र कन्याको मातापिताबीच कुनै पारिवारीक सम्बन्ध वा नाता छ छैन त्यसबारे बुझ्नु पर्दछ । गोत्र परम्परा भित्र रहेर मात्र विवाह गर्नु पर्दछ ।

१०. शास्त्र अनुसार साना नानी तथा पाको उमेरका मानिसलाई होच्याउने वा उनीहरुको मजाक उडाउने कन्यासंग विवाह गर्नुहुदैन । यस्ता कन्याले घरमा फुट ल्याउँछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : २१ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर