इरानका उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित | Khabarhub Khabarhub

इरानका उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका उपस्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरसको संक्रमण देखा परेको छ ।

इरानको अर्धसरकारी इल्ना समाचार संस्थानले जनाएअनुसार मुलुकको उपस्वास्थ्यमन्त्री इराच हारिचीमा कोरोनाभाइरसको संक्रमण परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

उनलाई क्वारेन्टाइनमा राखिएको त्यहाँको स्वास्थ्यमन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

इरानमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको समाचार सार्वजनिक भएलगत्तै मुलुकका उपस्वास्थ्यमन्त्रीमा पनि यसको संक्रमण पुष्टि भएको हो ।

कोरोनाभाइरसको संत्रास फैलिएसँगै छिमेकी मुलुकहरुले इरानसँगको सीमानाका बन्द गरेका छन् । त्यस्तै केही हवाई सेवा कम्पनीले इरानबाट र इरानतर्फको हवाई उडान पनि ठप्प पारेका छन् ।

अघिल्लो वर्षको अन्त्यबाट चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण चीन र इरानसहित विभिन्न २९ मुलुक तथा भूभागहरुमा फैलिसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ०२ बजे

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव