कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउने तयारी ! | Khabarhub Khabarhub

कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउने तयारी !


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउने तयारी शुरु भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणका निर्देशक घिसिङ र पूर्व निर्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले घिसिङ र काफ्लेसहित पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको हो।

कांग्रेस नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य छन्।

उपसमितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बोलाएर पटक–पटक सोधपुछ गरेको थियो। उपसमिति गठन हुनुअघि घिसिङले लेखा समितिको बैठकमा समेत आफूले इमानदारिताका साथ बक्यौता उठाउने कोसिस गरिरहेको बताएका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : २१ बजे

मंगलबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म