आजबाट कोटेश्‍वर-जडीबुटी सडकमा सवारी चलाउँदा नयाँ नियम ! « Khabarhub

आजबाट कोटेश्‍वर-जडीबुटी सडकमा सवारी चलाउँदा नयाँ नियम !


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर–जडीबुटीमा हुने सवारी चापलाई मध्यनजर गर्दै आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सवारी चापको व्यवस्थापनका लागि सो रुटमा बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो ।

एसएसपी ढकालका अनुसार विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा चलाउनुपर्ने छ। छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्ने छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्‍वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने अपेक्षा गरे ।

‘कोटेश्‍वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम हुँदा यात्रुले सास्ती खेप्दै आएका छन’ उनले भने, ‘जामलाई कम गर्नका लागि यो नियम ल्याइएको हो।’

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ४५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन