कोरोनाका कारण आइफोन उत्पादनमा धक्का « Khabarhub

कोरोनाका कारण आइफोन उत्पादनमा धक्का


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले महामारीको रुप लिएपछि एप्पलले बजारमा मार्चमा नै ल्याउने भनेको  सस्तो फोन आइफोन नाइन आउन ढिलाई हुने भएको छ ।

चीनबाट फैलिएको नोवल कोरोना भाइरसका कारण उक्त फोन विश्व बजारमा सार्वजनिक हुन ढिलाई हुने भएको हो ।

यसअघि कम्पनीले उक्त फोन आउँदो मार्च महिनामा सार्वजनिक गर्ने बताएको थियो । तर, कोरोना भाइरसका कारण कम्पनीको चीनमा रहेको उत्पादन कम्पनी बन्द भएसँगै त्यसको असर उक्त फोनमा परेको हो ।

एप्प्लको चीनमा रहेको उत्पादन कम्पनी बन्द हुँदा आईफोनको उत्पादन क्षमता आधाले घटेको छ । जसका कारण कम्पनीले सार्वजनिक गर्ने समय सारेको हो ।

कम्पनीले अब कहिले र कहाँ सार्वजनिक गर्ने भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ४३ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण