राष्ट्रपति सुदूरपश्चिमको यात्रामा, स्वागतमा नगरपालिकाले दियो बिदा « Khabarhub

राष्ट्रपति सुदूरपश्चिमको यात्रामा, स्वागतमा नगरपालिकाले दियो बिदा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छिन् ।

सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

बैतडीको पाटनमा उनले सिटिइभिटीको एउटा कलेजको उद्घाटन गर्ने कार्यक्रम छ। पाटन नगरपालिका ६ मा बनेको उक्त कलेजको उदघाटन गर्नुअघि राष्ट्रपति भण्डारीले दशरथ नगरपालिकामा पर्ने त्रिपुरा सुन्दरीको दर्शन गर्ने कार्यक्रम छ । राष्ट्रपति आउने भएपछि पाटन नगरपालिकाले बिहीबार नगरभरि सार्वजनिक विदा दिएको छ।

सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म जारी रहने छ ।

मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

आजै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १६ गतेसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ ।

दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई सोमबार नै जानकारी गराएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ४४ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने