एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक « Khabarhub

एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बिहीबार ईपीएल आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुने छ ।

ललितपुर साविक विजेता टोली समेत हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा उद्घाटन खेल २ बजे हुनेछ । यस्तै, उद्घाटन खेल पछिका लगातार ६ दिनसम्म दैनिक २ खेल हुनेछन् । जसमा बिहान १० बजे र दिउँसो २ बजे छुट्टाछुट्टै  खेल हुनेछन् ।

चैत १ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न शहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष २ टिमबीच फाइनलका लागि क्वालिफायर खेल हुने छ । यस्तै, लिगको तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्दै क्वालिफायरमा टिमसंग फाइनल प्रवेशको लागि भिड्ने छ ।

ईपीएलमा साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ११ : ४९ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको