ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट बाहिरिए « Khabarhub

ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट बाहिरिए


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिहीबार(आज) घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’अभियानबाट पूर्वडीआईजी रमेश खरेल लगायतको समूह बाहिरिएको छ ।

अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्‍कालका लागि अलग्गिएका हुन् । ज्ञानेन्द्र शाही यसअघि नेपाली अभियानबाट हटाइएका थिए ।

पूर्वडीआईजी खरेलले तत्कालका लागि समूहमा नरहने र घोषणासभामा पनि उपस्थित नहुने जनाए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : २१ बजे

टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ

भूपदेव शाहले गरे अछाम-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं– रास्वपाबाट प्रतिनिधिसभा अछाम-२ का उम्मेदवार भूपदेव शाहले उम्मेदवारी दर्ता

नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालीन सरकारतर्फ इङ्गित

कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि