पार्टी भित्र समस्या छ, तर आत्तिनु पर्दैन– माधव नेपाल « Khabarhub

पार्टी भित्र समस्या छ, तर आत्तिनु पर्दैन– माधव नेपाल


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र केही समस्या देखिए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् ।

बिहीबार वाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी भित्र समस्या भएपनि त्यो समाधान हुने बताए ।

‘तपाईंहरु यहाँ आउँदा मनमा धेरै आशंका लिएर आउनुभएको होला । अखवारहरुमा आएका समाचारले धेरै आशंका उब्जायो होला,’ प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘पार्टी भित्र समस्या छ । तर, समाधान हुन्छ । आत्तिनु पर्ने अवस्था छैन । यहाँबाट जाँदा तपाईंहरु नयाँ जोश लिएर जानुहुने छ ।’

नेता नेपालले पार्टीलाई तथा आन्दोलनलाई विघटनको दिशमा जान दिँदैनौं भनेर सबैले प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।

नीति र विधानको पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेतपाको भनाइ थियो । पार्टी भित्र एकतासँगै संघर्ष र विवाद पनि रहने उल्लेख गर्दै नेता नेपालले विवादलाई पार्टी भित्रै सीमित राख्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : ०७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले