नेकपा पोखरी होइन जमेर बस्न, दुई अध्यक्ष विवाद त गर्छौं – प्रचण्ड « Khabarhub

नेकपा पोखरी होइन जमेर बस्न, दुई अध्यक्ष विवाद त गर्छौं – प्रचण्ड


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने दाबी गरेका छन् ।

विहीवार बाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले केही विवादहरु देखिएपनि पार्टीलाई विघटन र विभाजन हुन नदिने प्रतिवद्धता कार्यकर्तामाझ गरेका हुन् ।

‘पार्टी भनेको जमेको पोखरी जस्तो निलो भएर बस्ने, किटाणुहरु लाग्ने जस्तो होइन । पार्टी गडगडाएर अघि बढ्ने हो त्यहाँ विवाद बहस हुन्छ’ प्रचण्डले भने,‘आजभोलि के हो भन्ने तपाईलाई परेको छ । हामी धेरै दुःख र मूल्य चुकाएर देशमा कम्युनिस्ट पार्टीमा यो स्थानमा ल्याएका हौं । यसमा धेरैको रगत पसिना करोडौं जनताको आशा छ । यो पार्टीलाई कुनै पनि विघटन र विभाजन हुन दिइने छैन ।’

दुई अध्यक्षबीच विवाद भएको बारे सञ्चारमाध्यममा आएका समाचारहरुलाई नपत्याउन आग्रह गर्दै प्रचण्डले दुई अध्यक्षबीचको विवाद सामान्य भएको बताए ।

‘दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईहरुनै तर्सने जसरी । तर विवाद समाधान गरेका त छौं’ प्रचण्डले भने,‘अहिले पनि केही विषयमा के के हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौं’
नेकपालाई कमजोर र विभाजित गर्ने प्रतिक्रियावादीको षड्यन्त्रलाई पूरा हुन नदिइने बताउँदै प्रचण्डले एक ढिक्का भएर अघि बढ्न सबैलाई आह्वान गरे ।

प्रचण्डले कम्युनिस्टहरुलाई दुश्मनका गोलीले नसिध्याएपनि आचरणले गर्दा समस्या आउने गरेको बताए ।

‘कम्युनस्टि पार्टीलाई कमजोर पर्न दुश्मनले सकेनन् तर सत्तामा गएपछि आफै भ्रष्टाचारमा लिप्त हुने, अहंकार हुने, आत्मकेन्द्रीत हुने हुँदा एउटा गोली पनि खर्च नगरि सकिए यसलाई गम्भीरता पूर्वक लिनुपर्छ र पार्टीले पनि लिइरहेको छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : २० बजे

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार