नेप्से ३६ अंकले बृद्धि « Khabarhub

नेप्से ३६ अंकले बृद्धि


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । घट्ने र बढ्ने क्रमका बीच बिहीबार नेप्से परिसूचक ३६.०५ अंकले बढेर १६३२.१७ बिन्दुमा पुगेको छ । सेयर बजार तीन वर्षकै उच्च बिन्दुमा पुगेको हो ।

कारोबारमा भने बिहीबार पुनः नयाँ रेकर्ड कायम भएको छ । बुधबार ४ अर्ब १५ करोडको कारोबारको रेकर्डलाई तोड्दै बिहीबार ४ अर्ब ४६ करोड करोड रुपैयाँको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा लगानीकर्ताको आकर्षण वाणिज्य बैंक र विकास बैंकमा देखिएको छ । सेयर बजार बढेपनि लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा देखिएको थिएन । तर,बैंकिङ क्षेत्रमा देखिएको आकर्षणले सेयर बजार बुलिस ट्रेण्डमा गएको संकेत दिएको छ ।

बैंकिङ क्षेत्र ८३.२९ अंकले बढेको छ भने विकास बैंकको सूचक ३८.६५ अंकले बढ्यो भने निर्जीवन बीमा सूचक १६.४५ अंकले बढेको छ । मुख्य रुपमा एभरेष्ट,नबिल,हिमालयन,स्टाण्र्डर्ट चाटर्ड बैंक,एनआईसी एशिया,एसबिआई बैंकमा लगानीकर्ताको आकर्षण बिहीबार बढी देखिएको थियो ।

यस अघि बढेको जीवन बीमा कम्पनी र लघुवित्तको सेयर बेचेर लगानीकर्ताले बैंकको सेयर खरिद गरेको देखिन्छ । बिहीबार नेप्सेमा १८० कम्पनीको १० लाख ८५ हजार वटा कारोबारबाट ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : २२ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै