प्रचण्ड निवास खुमलटारमा ओली बाहेक नेकपाका शीर्ष नेताको बैठक « Khabarhub

प्रचण्ड निवास खुमलटारमा ओली बाहेक नेकपाका शीर्ष नेताको बैठक


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निजी निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरु अर्का अध्यक्ष प्रचण्डको निवासमा छलफलमा जुटेका हुन् ।

छलफलमा अध्यक्ष प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलगायत सहभागी भएका जनाइएको छ ।

पार्टीमा पछिल्लो समय देखिएको समस्या त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

पछिल्लो समय बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ ।

विवादका बीच बिहीबार राजधानीमा आयोजित बाग्मती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा भने नेताहरुले पार्टी भित्र समस्या देखिए पनि छिट्टै समाधान हुने जनाएका थिए ।

शुक्रबार बिहान करिब ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा शुरु भएको छलफल पनि पछिल्लो समस्या समाधानमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘पछिल्लो समय प्रधानमन्त्रीज्युले पार्टी निर्णय नमान्ने भनेर चुनौती दिएको विषय सार्वजनिक भएको छ । तर, विवाद त्यहि हदसम्मको त हैन । यद्यपि प्रधानमन्त्रीज्युसँग भेट गर्नुभन्दा अगाडि पार्टीले गरेको निर्णयका विषयमा पुनः केही वीमर्श गर्ने भनेर नेताज्युहरु अध्यक्ष (प्रचण्ड)कहाँ भेला हुनुभएको हो ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ५९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि