बद्लियो शुक्रको गोचर, ८ राशी भएकालाई फाइदा « Khabarhub

बद्लियो शुक्रको गोचर, ८ राशी भएकालाई फाइदा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुक्र ग्रहलाई जीवनमा सबै प्रकारको सुख सुविधा दिने कारक मानिन्छ । यस्तोमा यहि २९ फेब्रुअरीबाट शनिवारको राति १ बजेर ४५ मिनेटबाट शुक्र मेष राशिमा प्रवेश गर्दैछ ।

ज्योतिषविद्का अनुसार मेष राशिमा शुक्र आउनाले ८ राशीमा धनलाभको सम्भावना बन्नेछ । यस गोचर कालमा धन, व्यापार र सफलतामा बढोतरी मात्र हुनेछैन ती ८ राशीलाई कर्जाबाट समेत मुक्ति मिल्नेछ ।

कुन हुन् त ती भाग्यमानी ८ राशी ?

१. मिथुन राशी

शुक्र देवको कृपा पाउनाले मिथुन राशीका ब्यक्तिलाई धन प्राप्ती हुनुका साथै रचनात्मक क्षेत्रमा राम्रो लाभ मिल्नेछ । आर्थिक स्थिति मजबूत हुनाले कुनै पनि कलात्मक कार्यमा तत्काल आम्दानी हुनेछ ।

२. कर्कट राशी
कर्कट राशीका जातकका लागी औसतमा सामान्य धनलाभ हुनेछ । यस अवधीमा व्यवसायमा पूजी लगानी गर्ने र कामकाजका लागी बाहिर जानु पर्ने हुनसक्छ । कार्यस्थलका महिला कर्मचारीलाई प्रसन्न राखेमा सफलता प्राप्त हुनेछ ।

३. सिंह राशी
यात्रामा धनलाभ हुने संभावना छ । यसका अलावा ग्ल्यामर, सञ्चार, कला तथा अभिनयका क्षेत्रमा काम गर्नेहरुका लागी यो आम्दानी गर्ने सबैभन्दा राम्रो समय हो । दाजुभाइ दिदीबहिनीबीचको वैमन्स्यता कम गरेमा अधिक लाभ मिल्ने सम्भावना छ ।

४. तुला राशी
तुला राशिका जातकका लागी यस अवधिमा व्यापार तथा लगानीबाट अपेक्षित लाभ मिल्नेछ । लाभ मात्र होइन यस अवधिमा स्वास्थ्य समस्याबाट समेत छुटकारा प्राप्त हुनेछ । व्यावसायका साझेदारबाट अत्यधिक लाभ मिल्नेछ ।

५. वृश्चिक राशी
यस गोचरका प्रभावले खर्चमा अप्रत्याशित वृद्धि हुनेछ । कामकाजका सिलसिलामा यात्रा हुन सक्छ । जागिरेहरुलाई यस अवधिमा धनबर्षाको योग छ । वृश्चिक राशीका जातकका लागी यस अवधिमा कर्जा चुकाउने समय रहेको छ ।

६. धनु राशी
कर्जामा डुबेका धनु राशीका ब्यक्तिका लागी यस गोचर अत्यधिक लाभदायक रहेको छ । यस अवधिमा आम्दानी बढ्ने तथा आर्थिक स्तर मजबूत हुने पक्कापक्कि छ । तर यस अवधिमा नौकरी बदल्नु पर्ने अवस्था पनि आउनसक्छ ।

७. कुम्भ राशी
यस गोचरको अवधीमा कुम्भ राशीका ब्यक्तिले तनावबाट मुक्ति पाउनेछन् । साथै सापटी दिएको धन फिर्ता हुन थाल्नेछ । अपरिचितबाट सहयोग पाइएपनि विश्वासका पात्रबाट धोका हुनसक्छ । आफ्नो पिता वा पतीमा धन खर्च गर्नुपर्ने हुनसक्छ ।

८ मीन राशी
यस गोचरको प्रभावले धनका मामलामा राम्रो लाभ दिनेछ । धन प्राप्त हुने मात्र होइन सञ्चय पनि हुनेछ । जसले आर्थिक स्थिति मजबूत बन्न गई पैतृक सम्पतीबाट समेत लाभ मिल्नेछ । सवारी साधनको प्राप्ति हुने प्रबल सम्भावना छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३२ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा