भृकुटीमण्डपमा जुत्ता मेला शुरु, ६० प्रतिशतसम्म छुट पाइने « Khabarhub

भृकुटीमण्डपमा जुत्ता मेला शुरु, ६० प्रतिशतसम्म छुट पाइने


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा जुत्ता मेला शुरु भएको छ ।  भृकुटीमण्डप भित्र छिर्ने बितिकै दायाँतिर नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरुको मेला सुरु भएको छ ।

नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्ड वास, रन शु र शु ल्याण्डले ग्राहक सङको प्रत्यक्ष भेटघाटको लागि उक्त मेलाको आयोजना गरिएको हो ।

१० देखी ६० प्रतिशत सम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजार सम्मका जुत्ता पाइन्छन् भने चप्पल एक सय देखि एक हजार सम्मका पाइन्छन् । बिभिन्न समयमा लाग्ने यस्ता मेला भन्दा यसपटकको मेला फरक रहेको छ ।

हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुबै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ४८ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय