‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’ « Khabarhub

‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ ।

करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित मूल्य प्रणाली, पेट्रोलियम इन्धनको पैठारीको परिमाणात्मक अवस्था र भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकतालाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही फागनु १२ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम पूर्वाधार विकास करको दर परिमार्जन गरेको थियो । पूर्वाधार करको दर पुनरावलोकन गरी नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ पुर्‍याइएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र