‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’ « Khabarhub

‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ ।

करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित मूल्य प्रणाली, पेट्रोलियम इन्धनको पैठारीको परिमाणात्मक अवस्था र भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकतालाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही फागनु १२ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम पूर्वाधार विकास करको दर परिमार्जन गरेको थियो । पूर्वाधार करको दर पुनरावलोकन गरी नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ पुर्‍याइएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ३० बजे

नेप्से परिसूचक २४ अंकले बढ्यो

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको