कसले गरायो अन्तरिक्षमा बिस्फोट, वैज्ञानिकहरूले पत्ता लगाए यस्तो रहस्य | Khabarhub Khabarhub

कसले गरायो अन्तरिक्षमा बिस्फोट, वैज्ञानिकहरूले पत्ता लगाए यस्तो रहस्य


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैज्ञानिकहरुले अन्तरिक्षमा एउटा ठूलो बिस्फोट भएको रहस्य पत्ता लगाएका छन् ।

पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनै पनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ।

एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको पुष्टि भएको वैज्ञानिकहरूले दावी गरेका छन् ।

सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ ले बाँधिएर रहेको मानिन्छ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्याँस उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान समेत गरिएको छ ।

ग्यालेक्सीभन्दा १५ गुणा ठूलो कालो भ्वाङ एउटा अकल्पनीय विस्फोटको प्रमाण भएको वैज्ञानिकहरुले दावी गरेका छन् ।

यसलाई अस्ट्रेलियाको ‘मर्चिसन वाइडफील्ड एर्रे’ र भारतको ‘जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप’ बाट प्राप्त नयाँ तथ्याङ्कले समेत विस्फोटकै कारण भएको पुष्टि गरेको छ ।

 तर बिस्फोट कसरी र के कारणले भयो भन्नेबारे केही पनि नखुलाइएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : २५ बजे

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी

अझै पुनःस्थापना हुन बाँकी छन् मुक्त हलिया

अत्तरिया– आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ ।

आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन

जेरुसेलम- इजरायली सेनाले गाजा सहरका बासिन्दाहरूलाई शनिबार योजनाबद्ध आक्रमणअघि यस

रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रामेछाप– यहाँको रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको