प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा | Khabarhub Khabarhub

प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुम्लाको सिन्जा गाउँपालिका–२ घर भएका २१ वर्षीय रतन तिरुवाले १ वर्ष अगाडि मात्रै कक्षा १२ (प्लस टू) को अध्ययन सक्काएका थिए ।

प्लस–टू पढ्नु अगाडि उनले टी–एसएसली अन्तर्गत १ वर्षको अमिन कोर्ष पूरा गरेका थिए ।

अमिन पढेर जागिर पाउने आशमा उनी आफ्नो स्थानीय तह सिन्जा गाउँपालिका कार्यालयमा पनि पुगेका थिए । तर, गाउँपालिकाले तत्काल अमिनको जागिर नखुल्ने जनाएपछि उनी लोक सेवामा नाम निकाल्नै भन्दै केही महिना अगाडि काठमाडौं आइपुगेका थिए ।

काठमाडौंको डल्लुमा डेरा गरेर बस्दै गरेका तिरुवा आइतबार काठमाडौंको भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृह पुगेका थिए ।

उनी दिवंगत कम्युनिस्ट नेता भरतमोहन अधिकारीको स्मृतिमा आयोजना भएको स्मृति सभामा छिरे । स्मृति सभाको प्रमुख अतिथि तथा मुख्य वक्ता थिए, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ।

प्रचण्ड मुख्य वक्ता रहेको स्मृति सभामा पुगेका अन्य सहभागी जस्तै उनी पनि ‘सामान्य’ व्यक्ति नै हुन् । तर, आइतबार साँझदेखि भने उनी आफ्नै ‘काम’ले चर्चित भएका छन् ।

आफैंलाई चर्चित बनाउने उनको काम हो, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार ।

प्रचण्डमाथि जुत्ता प्रहार गरेपछि उनी अहिले प्रहरीको नियन्त्रणमा छन् । तर, विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमा भने उनी चर्चित भइसकेका छन् ।

प्रहरीसँगको बयानमा भने तिरुवाले प्रचण्डको भाषणले आक्रोशित भएपछि जुत्ता प्रहार गर्न पुगेको बताएका छन् ।

‘प्रचण्डसँग मेरो कुनै दुश्मनी हैन । तर, आइतबारको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’ तिरुवाको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिस उठ्यो । रिस उठेका बेला जुत्ता हान्न पुगेछु ।’

प्रहरीसँगको बयानका क्रममा तिरुवाले आफ्नो पूरै परिवार तत्कालीन माओवादी समर्थित भएको बताएका छन् । तर, आफू भने पछिल्लो समय कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको उनले बयानमा बताएका छन् ।

बयानका क्रममा उनले आफ्ना बुवा मून तिरुवा पनि तत्कालीन जनयुद्धको क्रममा माओवादी पार्टीमै लाग्दा राज्यपक्षबाट मारिएको बताएका छन् ।

आफू कम्युनिस्ट विचारधाराप्रति झुकाव राख्ने भए पनि कुनै पार्टीमा भने आवद्ध नभएको उनको भनाइ रहेको प्रहरी स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : १७ बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह