प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा « Khabarhub

प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुम्लाको सिन्जा गाउँपालिका–२ घर भएका २१ वर्षीय रतन तिरुवाले १ वर्ष अगाडि मात्रै कक्षा १२ (प्लस टू) को अध्ययन सक्काएका थिए ।

प्लस–टू पढ्नु अगाडि उनले टी–एसएसली अन्तर्गत १ वर्षको अमिन कोर्ष पूरा गरेका थिए ।

अमिन पढेर जागिर पाउने आशमा उनी आफ्नो स्थानीय तह सिन्जा गाउँपालिका कार्यालयमा पनि पुगेका थिए । तर, गाउँपालिकाले तत्काल अमिनको जागिर नखुल्ने जनाएपछि उनी लोक सेवामा नाम निकाल्नै भन्दै केही महिना अगाडि काठमाडौं आइपुगेका थिए ।

काठमाडौंको डल्लुमा डेरा गरेर बस्दै गरेका तिरुवा आइतबार काठमाडौंको भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृह पुगेका थिए ।

उनी दिवंगत कम्युनिस्ट नेता भरतमोहन अधिकारीको स्मृतिमा आयोजना भएको स्मृति सभामा छिरे । स्मृति सभाको प्रमुख अतिथि तथा मुख्य वक्ता थिए, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ।

प्रचण्ड मुख्य वक्ता रहेको स्मृति सभामा पुगेका अन्य सहभागी जस्तै उनी पनि ‘सामान्य’ व्यक्ति नै हुन् । तर, आइतबार साँझदेखि भने उनी आफ्नै ‘काम’ले चर्चित भएका छन् ।

आफैंलाई चर्चित बनाउने उनको काम हो, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार ।

प्रचण्डमाथि जुत्ता प्रहार गरेपछि उनी अहिले प्रहरीको नियन्त्रणमा छन् । तर, विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमा भने उनी चर्चित भइसकेका छन् ।

प्रहरीसँगको बयानमा भने तिरुवाले प्रचण्डको भाषणले आक्रोशित भएपछि जुत्ता प्रहार गर्न पुगेको बताएका छन् ।

‘प्रचण्डसँग मेरो कुनै दुश्मनी हैन । तर, आइतबारको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’ तिरुवाको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिस उठ्यो । रिस उठेका बेला जुत्ता हान्न पुगेछु ।’

प्रहरीसँगको बयानका क्रममा तिरुवाले आफ्नो पूरै परिवार तत्कालीन माओवादी समर्थित भएको बताएका छन् । तर, आफू भने पछिल्लो समय कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको उनले बयानमा बताएका छन् ।

बयानका क्रममा उनले आफ्ना बुवा मून तिरुवा पनि तत्कालीन जनयुद्धको क्रममा माओवादी पार्टीमै लाग्दा राज्यपक्षबाट मारिएको बताएका छन् ।

आफू कम्युनिस्ट विचारधाराप्रति झुकाव राख्ने भए पनि कुनै पार्टीमा भने आवद्ध नभएको उनको भनाइ रहेको प्रहरी स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : १७ बजे

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि