राज्यमन्त्री मानन्धरद्वारा सय दिनका उपलब्धि सार्वजनिक | Khabarhub Khabarhub

राज्यमन्त्री मानन्धरद्वारा सय दिनका उपलब्धि सार्वजनिक


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पदबहालीपछिको सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

सय दिनको उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा गरिने कामबारे समेत जानकारी दिए । उनले उपत्यकामा हुने गरेको सवारी साधन पार्किङ, फोहोरमैला व्यवस्थापान, धुँवा–धुँलो, सडकका खाल्डाखुल्डी लगायतका समस्यालाई हल गर्न विभिन्न निकायसँग छलफल गरेको तथा सम्बन्धित निकायलाई निर्देशन समेत दिएको जनाएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को दोस्रो चौमासिक अवधीमा ३६ अर्व ८५ करोड कूल बजेटमध्ये १३ अर्व ६५ करोड खर्च भएको छ । वित्तीय प्रगति ३७ प्रतिशत रहेकोमा संचालनमा रहेको आयोजना र कामहरुको गतिलाई थप गतिशिल बनाउन अनुगमन र निर्देशन दिइएको छ ।

राज्यमन्त्री मानन्धरले उपत्यकाको फोहोरमैलालाई पहिलो प्राथामिकतामा राखेको बताएका छन् । काठमाडौंं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमानास्थित बन्चरे डाँडामा आगामी नयाँ वर्षदेखि फोहर विसर्जन गर्नेगरी कामलाई तीब्रता दिन आवश्यक व्यवस्था मिलाइएको बताए ।

उनले बृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं उपत्यकाको नजिक बैकल्पिक सहर निर्माणको लागि प्रस्तावित टोखा–छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटेहुँदै देबीघाट, रातमाटेहुँदै गल्छीसम्म र थानकोट–नौविसे निर्माणाधिन सुरुङ मार्गको नौविसेदेखि गल्छिसम्मको भू–भागमा सुविधासम्पन्न नयाँ सहर निर्माणका लागि बृहत्तर छलफल अगाडी बढाएको बताएका छन् ।

नुवाकोटको छहरेदेखि धादिङको गल्छिसम्मको करीव ३५ किलोमिटर र धादिङको गल्छिदेखि नुवाकोटको चाउथे–बन्चरेहुँदै काठमाडौंको तीनपिप्ले–बालाजु जोड्ने करिब ३० किलोमिटरसहित जम्मा ६५ र ७० किलोमिटरको उपत्यकालाई उत्तरतर्फको बाहिरी जिल्लाबाट घेर्ने बैकल्पिक राजमार्ग र चक्रपथ निर्माणका लागि (सम्बन्धित पक्षसँग सम्बन्धित जिल्लाका संघीय र प्रदेश सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेत) समन्वय गर्दै निरन्तर छलफल भइरहेको छ ।

उक्त राजमार्गमा रहने गरी नयाँ शहर निर्माणका लागि सम्बन्धित जिल्लाका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफलको क्रममा रहेको छ ।

जनचापलाई मध्यनजगर गर्दै उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दश स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालेको उनले बताएका छन् ।

उनले धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालय सहितको शैक्षिक शहर निर्माणका लागि आवश्यक छलफल थालनी गरिएको जनाएका छन् ।

त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको र गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नती गर्नेको लागि पहल भएको मन्त्री मानन्धरले बताए ।

तनहुँको ब्यास–देवघाट–कालीगण्डकी करिडोर हुँदै दामोदरकुण्डसम्मको ८ सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणबारे आवश्यक अध्ययन गर्न मन्त्रालयस्तरबाट आवश्यक छलफल थालनीमा रहेको उनले बताए ।

काठमाडौं उपत्यकासहित देशका मुख्य–मुख्य सहरहरुमा देखिएको अव्यवस्थीत पार्किङको समस्या समाधानका लागि पहल गरिएको जनाएका छन् ।

उपत्यकाका भित्री सहरका सडकहरुको मर्मत सम्भार र खाल्डाखुल्डी पुर्ने लगायत अन्य व्यवस्थापकीय कार्यलाई तिब्रता दिन सरोकारवाला निकायसँग निरन्तर छलफल, अनुगमनसहित आवश्यक निर्देशन र कार्यान्वयनमा तिब्रता दिइएको जनाएका छन् ।
अव्यवस्थित तवरबाट सडकमा थुपारिएका निर्माण सामग्रीहरु हटाउन निर्देशन दिने र आवश्यक कारबाहीका लागि प्रशासनलाई समेत निर्देशन दिइएको छ ।

नेपाल सरकारबाट घोषणा भएका २७ वटा नयाँ सहरहरुमध्ये मध्य पहाडी लोकामार्गमा कार्यलय स्थापना भई निर्माण कार्य अगाडी बढाईएको जनाएका छन् ।

मन्त्रालय र अन्तर्गत संस्थागत आवश्यकता अनुरुप जनशक्ति व्यवस्थापनको लागि ५ अर्व ३ करोड लागतमा १२ वटा भवन सहित निर्माणाधीन संसद भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास र सभाहलको निर्माणलाई तिब्रता दिन मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइएको जनाएका छन् ।

मन्त्रालय मातहत चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक निर्देशन सहित स्रोत र साधनको समेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : ३४ बजे

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज