कोरोना भाइरसको जोखिम– 'अन-अराइभल' भिसा नदिने मन्त्रिपरिषद निर्णय | Khabarhub Khabarhub

कोरोना भाइरसको जोखिम– ‘अन-अराइभल’ भिसा नदिने मन्त्रिपरिषद निर्णय


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा(अन-अराइभल) भिसा नदिने भएको छ ।

कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन-अराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २४ गतेबाट ‘अन-अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको श्रोतको भनाइ छ ।

कोरोना संक्रमण देखिएका देशहरुबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जनाएपछि सरकारले नियन्त्रण र पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

सरकारले विमानस्थलमा सबैको जाँच गर्ने लागयतका निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ३८ बजे

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)

दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै

दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले