समृद्धिका लागि वैमनस्यता र असमझदारी बिर्सेर अघि बढौं : प्रधानमन्त्री « Khabarhub

समृद्धिका लागि वैमनस्यता र असमझदारी बिर्सेर अघि बढौं : प्रधानमन्त्री


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

फागु पूर्णिमाका अवसरमा आज (बुधबार) शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको बताए । ‘देशलाई द्रूतगतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

ओलीले सन्देशमा लेखेका छन्, ‘नेपालभरि र बाहिर पनि खुशियाली प्रकट गर्दै होली अर्थात् पानी र रङ्ग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एक पटक हाम्रो राष्ट्रिय सङ्कल्पको स्मरण गर्न चाहन्छु,।’

भाषिक, सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको भनाई छ । ओलीले फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अङ्गीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीबीचको सद्भाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ३३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि