मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य « Khabarhub

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न सेवा सुविधामा छुट दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता बमोजिम मुक्तिनाथ  बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक श्री प्रभाकर खड्का हस्ताक्षर गरेका हुन् ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

मुक्तिनान बैंकले प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङ्ग, आस्वा सेवा, लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ३८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका