दीपकराज गिरीले ‘एभेन्जर’ सँग ‘छक्का पञ्जा २’ जुधाएका हुन् ? « Khabarhub

दीपकराज गिरीले ‘एभेन्जर’ सँग ‘छक्का पञ्जा २’ जुधाएका हुन् ?


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुने मितिमा रिलिज भइसकेको उनको फिल्म ‘छक्का पञ्जा २’ रिलिजको घोषणा गरेका छन् ।

वैशाख १३ गते रिलिज हुने भनिएको फिल्म ‘दाल भात तरकारी’ ले आफ्नो रिलिज मिति पछाडि सारेपछि यो मितिमा फिल्म ‘छक्का पञ्जा २’ लाग्ने भएको हो । यो मितिमा ठूला ब्यानरका भनिएका कुनै पनि फिल्म रिलिज नगरिए पनि हलिउड फिल्म ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुने सम्भावना छ ।

किन जुधाए दीपकराजले फिल्म ?

मार्भल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘क्याप्टेन मार्भल’ पनि नेपालमा रिलिज गर्ने भनेर अन्तिम समयमा आएर रिलिज भएको थिएन । यस हिसाबले नेपालमा सोही ब्यानरको प्रतीक्षित फिल्म ‘एभेन्जरः इन्ड गेम’ पनि रिलिज नहुन सक्छ । यो त एकातिर छ नै, अर्कातिर हलिउडका ठूला फिल्मले मल्टिप्लेक्स हलमा मात्र ‘शो’ पाउने गर्छन् ।

मोफसलका प्रायः हल र काठमाडौंका सिंगल थिएटरमा पनि उक्त फिल्म लाग्ने छैन र ‘छक्का पञ्जा २’ रिलिज हुनेछ । यस अर्थमा दीपकराज गिरी एण्ड टिमले यो फिल्म पुनः रिलिज गर्दा फाइदा हुने देखेका छन् ।

अझ दीपक–दीपाले फिल्मबाट उठेको ठूलो रकम रवि लामिछानेले निर्माण गर्न लागेको विद्यालयलाई दिने घोषणा समेत गरेका छन् । यसले पनि दर्शकलाई यो फिल्म हेर्न प्रोत्साहित गर्ने पक्का छ ।

जे होस्, नयाँ फिल्म पनि हलमा दर्शक तान्न नसकिरहेको अवस्थामा दीपक–दीपाको ‘छक्का पञ्जा २’ फेरि चल्ने भएको छ । कथमकदाचित हलिउड फिल्म ‘एभेन्जरः इन्ड गेम’ नेपालमा रिलिज भएन भने दीपक–दीपालाई झनै फाइदा हुने पक्काजस्तै छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : २३ बजे

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको

सुहाङले भने- सरकारले मानवीय मर्यादा र बालबालिकाको भविष्यको बेवास्ता नगरोस् 

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कानुनको कार्यान्वयन गर्दा राज्यले