मतदाता नामावली अद्यावधिक हुँदै « Khabarhub

मतदाता नामावली अद्यावधिक हुँदै


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ ।

मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन कार्यालयबाट निरन्तर भइरहे पनि अद्यावधिक गर्ने कार्य प्रभावकारी हुन नसकेपछि आयोगले सोमबार दलहरूसँग छलफल गरेको हो ।

आयोगले यही फागुन ७ गतेदेखि असार मसान्तसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन शुरु गरेको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्रुटिरहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य चुस्त–दुरुस्तरूपमा सम्पन्न गर्न/गराउन राजनीतिक दलहरुका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाहको अपेक्षा गरे ।
आ–आफ्नो मातहतका जिल्लास्तर, स्थानीय तह, वडास्तरीय समिति तथा भ्रातृ सङ्घसङ्गठनलाई कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगका आग्रह गर्दै उनले भने, ‘निर्वाचन कार्यक्रमको प्रारम्भ मतदाता नामावली सङ्कलनबाट हुन्छ भने केन्द्रविन्दु राजनीतिक दल रहन्छन् ।’

सो अवसरमा राजनीतिक दलका प्रतिनिधिले विशेष कार्यक्रम सञ्चालन गरेकामा आयोगलाई धन्यवाद व्यक्त गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १२ : ३१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार