हेटौंडामा ६ किलो सुनससहित भारतीय नागरिक पक्राउ « Khabarhub

हेटौंडामा ६ किलो सुनससहित भारतीय नागरिक पक्राउ


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले ६ किलो सुनसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय राज्य कर्नाटकका ४२ वर्षीय अब्दूल मजिद अनेकल रहेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको यात्रु बस चेकजाँचको क्रममा ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा मजिदको साथबाट सुन फेला परेको प्रहरीले जनाएको छ ।

शंकाको आधारमा मजिदले बोकेको कालो झोला चेक गर्दा त्यसमा गाडीका पाटपूर्जा फेला परेका थिए । झोलामा भेटिएका पाटपूर्जाहरु स्वभाविकभन्दा बढी तौलका पाइएपछि प्रहरीले बरामद गरेर परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा ८ वटा सुनका ढिक्काहरु फेला परेका थिए । प्रहरीले मजिदको साथबाट बरामद भएको सूनको बजार मूल्य ४ करोड २७ लाख ७ सय ७४ रुपैयाँ रहेको जनाएको छ ।

पक्राउ परेका मजिदले कहाँबाट उक्त परिमाणको सुन ल्याएका थिए भन्ने विषयमा भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका मजिदलाई सुनसहित थप अनुसन्धानका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ०९ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट